Ipo.aspx merolagani - ५-स्टार सुरक्षासहित सुजुकीको ‘न्यू ब्रेजा’ नेपालमा सार्वजनिक, नाडा अटो शोमा प्रदर्शन गरिने

५-स्टार सुरक्षासहित सुजुकीको ‘न्यू ब्रेजा’ नेपालमा सार्वजनिक, नाडा अटो शोमा प्रदर्शन गरिने

Aug 24, 2026 03:34 PM Merolagani

सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ टर्बो इन्जिन र अत्याधुनिक प्रविधिसहितको ‘न्यू ब्रेजा’ नेपाली बजारमा सार्वजनिक गरेको छ। 

नयाँ पुस्ताका ग्राहकलाई लक्षित यस एसयूभीमा पहिलोपटक ‘टर्बो बुस्टरजेट’ इन्जिन र नयाँ ६–स्पिड ट्रान्समिसन उपलब्ध गराइएको छ।

यो गाडीमा ८१ किलोवाट शक्ति उत्पादन गर्ने टर्बो इन्जिन र प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रविधिको विकल्प रहेका छन् । १०.१ इन्चको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन चार्जर र ३६० डिग्री क्यामेरा समावेश छ ।

 

त्यस्तै, भेन्टिलेटेड फ्रन्ट सिट, ६४ रङको एम्बियन्ट लाइटिङ र इन्टरनेट कनेक्टिभिटसहित भारत एनसीएपी क्र्यास टेस्टमा वयस्क र बालबालिका दुवैको सुरक्षामा ५–स्टार रेटिङ प्राप्त यो एसयूभी नेपाली बजारमा सार्वजनिक भएको हो ।

यसमा ब्लाइन्ड स्पट वार्निङ र लेन चेन्ज अलर्ट जस्ता आधुनिक फिचर छन्। नयाँ ब्रेजा भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ मा सुजुकी प्याभिलियनको स्टल ए२ मा विशेष प्रदर्शन गरिने कम्पनीले जनाएको छ। ग्राहकले त्यहाँ गाडीको अवलोकनका साथै टेस्ट ड्राइभसमेत बुक गर्न सक्नेछन्।

comments powered by Disqus

हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।