Ipo.aspx merolagani - एकै दिन नौ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

एकै दिन नौ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

Aug 20, 2026 10:57 AM Merolagani


भदौ ४ गते, बिहीबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन तोलाको नौ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।