Ipo.aspx merolagani - मुक्तिनाथ विकास बैंकको नाडा अफरः ५.५४ प्रतिशत ब्याजदरमै २४ घण्टाभित्र अटो लोन उपलब्ध

मुक्तिनाथ विकास बैंकको नाडा अफरः ५.५४ प्रतिशत ब्याजदरमै २४ घण्टाभित्र अटो लोन उपलब्ध

Aug 25, 2026 02:49 PM Merolagani

मुक्तिनाथ विकास बैंकले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि अत्यन्तै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।

बैंकले आफ्नो आधार दर (वेस रेट) मा शून्य प्रतिशत प्रिमियम थप गरी मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको हो।

आवश्यक कागजात पूरा भएको २४ घण्टाभित्रै कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । यो विशेष योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ। देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत यो सुविधा लिन सकिने।

नाडा अटो शोमा सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज, छिटो र सुलभ वित्तीय सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ। भदौ मसान्तपछि भने बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।