Ipo.aspx merolagani - तिब्बतबाट आएको बाढीले रसुवाको भोटेकोशीमा वितण्डा, जलविद्युत आयोजना र बस्तीमा क्षति

तिब्बतबाट आएको बाढीले रसुवाको भोटेकोशीमा वितण्डा, जलविद्युत आयोजना र बस्तीमा क्षति

Aug 26, 2026 10:47 AM Merolagani

तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। 

बाढीका कारण तल्लो तटमा रहेका जलविद्युत आयोजनाहरू बगाएको र मानव बस्तीमा समेत पानी पसेको छ । नेपाली क्षेत्रमा बाढी आउने गरी वर्षा नभएकाले यो बाढी चीनतर्फको क्षेत्रबाटै आएको हो।

बाढीले पुर्याएको क्षतिको यकिन विवरण आउन बाँकी छ। उद्धार र निरीक्षणका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ। भौगोलिक विकटता र सञ्चार अवरोधका कारण विस्तृत विवरण सङ्कलनमा केही कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।

बाढीका कारण रसुवाको टिमुरे बजारक्षेत्र बगाएको र तटीय क्षेत्रका घर तथा वस्तीहरुमा ठूलो क्षति पुर्याएको छ ।

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।