Ipo.aspx merolagani - रसुवा बाढीको प्रभाव शेयर बजारमा, प्रत्यक्ष प्रभावित जलविद्युत् कम्पनीमा तीव्र गिरावट

रसुवा बाढीको प्रभाव शेयर बजारमा, प्रत्यक्ष प्रभावित जलविद्युत् कम्पनीमा तीव्र गिरावट

Aug 26, 2026 12:20 PM Merolagani

रसुवामा आएको आकस्मिक बाढीबाट जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको समाचारसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सम्बन्धित जलविद्युत् कम्पनीहरूको शेयर मूल्यमा तीव्र गिरावट देखिएको छ। 

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब २२० केभी सबस्टेसन, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रलगायतका संरचनामा क्षति पुगेको छ।समाचार तयार पार्दासम्मको कारोबारमा रसुवागढी हाइड्रोपावर (RHPL) सबैभन्दा बढी घट्ने कम्पनी बनेको छ। यसको शेयर मूल्य १३.८४ प्रतिशतले घटेर २०८ रुपैयाँमा कारोबार भइरहेको छ। रसुवामै १११ मेगावाटको आयोजना सञ्चालन गरिरहेको RHPL बाढीको घटनाबाट प्रत्यक्ष प्रभावित कम्पनी हो। कम्पनीको आधिकारिक विवरणअनुसार आयोजना रसुवा जिल्लामै अवस्थित छ।

त्यस्तै, चिलिमे हाइड्रोपावर (CHCL) को शेयर मूल्य १०.३३ प्रतिशतले घटेर ४२६ रुपैयाँमा आएको छ। चिलिमेको २२.१ मेगावाटको आयोजना पनि रसुवामै अवस्थित छ। त्रिशूली जलविद्युत् (TVCL) को मूल्य ९.५५ प्रतिशतले घटेर ४०५.२० रुपैयाँ, साञ्जेन जलविद्युत् (SJCL) को ९.४६ प्रतिशतले घटेर २३६.४० रुपैयाँ, माथिल्लो मैलुङ खोला जलविद्युत् (MMKJL) को ७.७१ प्रतिशतले घटेर ३९१.३० रुपैयाँ तथा मैलुङ खोला जलविद्युत् (MKJC) को ७.५८ प्रतिशतले घटेर ३८३ रुपैयाँमा झरेको छ। MKJC को ५ मेगावाटको आयोजना रसुवामै रहेको छ।

यसैबीच, सायापत्री हाइड्रोपावर (SPHL) ९.४८ प्रतिशत, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (CREST) १२.८५ प्रतिशत, बराही हाइड्रोपावर (BHPL) ५.८८ प्रतिशत र CYCL ५.३४ प्रतिशतले घटेका छन्।

बजारमा देखिएको यो गिरावटमा रसुवा बाढीको समाचारले प्रभाव पारेको देखिए पनि सबै कम्पनीको मूल्य घट्नुको कारण बाढी नै हो भन्ने निष्कर्ष निकाल्न भने बाँकी छ। क्षतिको वास्तविक परिमाण, आयोजना पुनः सञ्चालन हुने समय र आर्थिक प्रभाव स्पष्ट भएपछि मात्रै यसको दीर्घकालीन असर मूल्यांकन गर्न सकिनेछ।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।