Ipo.aspx merolagani - मुद्रास्फीति तीन प्रतिशतमा सीमित: खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि न्यून

मुद्रास्फीति तीन प्रतिशतमा सीमित: खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि न्यून

Aug 26, 2026 05:41 PM Merolagani

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्क अनुसार मुलुकमा महँगी नियन्त्रणमै रहेको देखिएको छ। समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव शून्य आठ प्रतिशतमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति चार दशमलव शून्य छ प्रतिशत रहेको थियो

मीक्षा वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति एक दशमलव शून्य चार प्रतिशत मात्र रहेको छ। अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति चार दशमलव ६९ प्रतिशत रहेको थियो। त्यसैगरी, गैर-खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति चार दशमलव २१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष तीन दशमलव ७१ प्रतिशत रहेको थियो

२०८३ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव १४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति दुई दशमलव २० प्रतिशत रहेको थियो

क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव १६ प्रतिशत, तराईको तीन दशमलव २८ प्रतिशत, पहाडको दुई दशमलव ८१ प्रतिशत र हिमालको दुई दशमलव ७३ प्रतिशत रहेको छ। ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ६५ प्रतिशत र सहरी क्षेत्रको तीन दशमलव २२ प्रतिशतले बढेको छ। प्रदेशगततर्फ सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम दुई दशमलव शून्य पाँच प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा बढी तीन दशमलव ७७ प्रतिशत औसत मुद्रास्फीति रहेको केन्द्रीय बैंकले जनाएको छ

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।