Ipo.aspx merolagani - विपत्तिको घडीमा राज्यका सबै संयन्त्र परिचालित छन्: प्रधानमन्त्री शाह

विपत्तिको घडीमा राज्यका सबै संयन्त्र परिचालित छन्: प्रधानमन्त्री शाह

Aug 27, 2026 10:24 AM Merolagani

अकल्पनीय विपद्‌को सामना गरिरहेको देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटिरहेको जानकारी दिएका छन्।

 

बिहीबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा यो सङ्कटको सामना भइरहेको बताए।

प्रधानमन्त्री शाहका अनुसार आज बिहानै ६:३० बजेदेखि हवाई उद्धार कार्य सञ्चालन भइरहेको छ। बिहानदेखि १५ भन्दा बढी उडानहरू भइसकेका छन् भने थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।

मुख्य उद्धार तथा राहतका अद्यावधिक जानकारी:

  • टिमुरेबाट ११६ जनाको उद्धार: नेपाली सेनाको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ९५ जना नेपाली र २१ जना भारतीय नागरिक गरी ११६ जनाको सकुशल उद्धार गरिएको छ। साथै सुरुङ (टनेल)मा थुनिएका ७ जना नेपाली नागरिकलाई पनि सफलतापूर्वक उद्धार गरिएको छ।

  • अत्यावश्यक सामग्री ढुवानी: प्रभावित क्षेत्रहरूमा राहत सामग्रीका साथै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम-ढुङ्गा काट्ने मेसिनहरू द्रुत रूपमा पुर्‍याइँदैछ।

  • सञ्चार र राहत शिविर: प्रभावित क्षेत्रमा अस्थायी रूपमा मोबाइल नेटवर्क र मोबाइल चार्जिङको व्यवस्था मिलाइँदैछ। यसैगरी नुवाकोटमा खाना तथा पानीको प्रबन्धसहितको अस्थायी शिविर तयार पारिसकिएको छ।

  • ड्रोन सर्वे: उद्धार तथा राहतलाई थप चुस्त र प्रभावकारी बनाउन ड्रोनमार्फत सूचना सङ्कलनको काम अन्तिम चरणमा पुगेको छ।

  • उद्धारमा प्राथमिकता: हवाई उद्धारका क्रममा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला र बालबालिकाहरूलाई पहिलो प्राथमिकता दिइनेछ।

प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालित भएकाले सबै नागरिकलाई धैर्य र संयम भई उद्धार तथा राहतको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। उनले एक भएर यो विपत्तिको डटेर सामना गर्न अपिल गर्दै उद्धार कार्यमा हातेमालो गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।