Ipo.aspx merolagani - विपद्को बेला अफवाहबाट सचेत रहन सरकारको आग्रह, अब हरेक एक घण्टामा आधिकारिक सूचना

विपद्को बेला अफवाहबाट सचेत रहन सरकारको आग्रह, अब हरेक एक घण्टामा आधिकारिक सूचना

Aug 27, 2026 12:39 PM Merolagani

विपद्को समयमा फैलाइएका भ्रम र अफवाहबाट सचेत रहन सरकारले आम नागरिकलाई आग्रह गरेको छ। गलत सूचना प्रवाह भएर नागरिकमा त्रास फैलिएको गुनासोपछि सरकारले अबदेखि हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको हो।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हरेक घण्टा प्रेस विज्ञप्ति जारी गरिनेछ। विज्ञप्तिमा राहत वितरण, जनशक्ति परिचालन तथा आवश्यक सामग्रीको उपलब्धता र वितरणबारे पछिल्लो विवरण समावेश गरिनेछ।

सरकारले सञ्चारमाध्यम र आम नागरिकलाई आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ। संकटको यस घडीमा अहिलेको मुख्य प्राथमिकता नागरिकको जिउज्यान बचाउनु रहेको सरकारको भनाइ छ।

comments powered by Disqus