Ipo.aspx merolagani - भोटेकोसीमा फेरि बाढी आउन सक्ने चेतावनी, सात मिटर अग्लो प्राकृतिक बाँध फुट्ने जोखिम

भोटेकोसीमा फेरि बाढी आउन सक्ने चेतावनी, सात मिटर अग्लो प्राकृतिक बाँध फुट्ने जोखिम

Aug 26, 2026 02:10 PM Merolagani

रसुवाको भोटेकोसीमा पुनः बाढी आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार चिनियाँ पक्षले माथिल्लो क्षेत्रमा बनेको करिब सात मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्न सक्ने जानकारी दिएको छ। हिमताल फुटेपछि पानी थुनिएर उक्त बाँध बनेको बताइएको छ।

प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले नदी किनार र तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ। उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र अन्य सबैलाई विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

comments powered by Disqus

माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।