Ipo.aspx merolagani - 'चीन नेपालको साथमा दृढताका साथ उभिएको छ' :चिनियाँ राजदूत

'चीन नेपालको साथमा दृढताका साथ उभिएको छ' :चिनियाँ राजदूत

Aug 27, 2026 10:55 AM Merolagani

केरुङ–रसुवागढी सीमा क्षेत्रमा गएको विनाशकारी प्राकृतिक विपद्ले नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय तथा भौतिक क्षति पुगेको भन्दै नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गहिरो दुःख व्यक्त गरेका छन्।

ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवार, प्रभावित नागरिक, नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। कठिन परिस्थितिमा चीन नेपालको साथमा दृढताका साथ उभिएको उनको भनाइ छ।

चीनतर्फ पनि ठूलो क्षति भए तापनि नेपालका लागि आपत्कालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराउन तत्काल समन्वय गरिएको राजदूत माओमिङले बताएका छन्। आगामी दिनमा पनि नेपाललाई थप सहयोग गर्न चीनले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।