Ipo.aspx merolagani - भोटेकोशी र त्रिशूली बाढी: १२१ विदेशी पर्यटकको सकुशल उद्धार, प्रभावित क्षेत्रमा खोजी र उद्धार जारी

भोटेकोशी र त्रिशूली बाढी: १२१ विदेशी पर्यटकको सकुशल उद्धार, प्रभावित क्षेत्रमा खोजी र उद्धार जारी

Aug 28, 2026 04:05 PM Merolagani

रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भई बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूबाट हालसम्म १२१ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डले जारी गरेको स्थिति विवरण (अपडेट-६) अनुसार गत बुधबार, १० भदौमा आएको बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी तथा पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकायहरू प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको सुरक्षा अवस्था पत्ता लगाउन निरन्तर खटिएका छन्।

बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका तथा घाइते भएका पर्यटक र स्थानीय नागरिकको उद्धार कार्य तीव्र पारिएको छ। पर्यटन बोर्डका अनुसार शुक्रबार अपराह्न ३:३० बजेसम्म उद्धार गरिएका १२१ जना विदेशी नागरिकमध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ र ९ जना दक्षिण कोरियाली नागरिक रहेका छन्। यसैगरी उद्धार गरिएका अन्य पर्यटकहरूमा अमेरिका, रूस र इटालीका २-२ जना तथा बुल्गेरिया र स्विट्जरल्यान्डका १-१ जना रहेका छन् भने ३ जनाको नागरिकता खुल्न बाँकी रहेको छ। बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका वा सहायता आवश्यक परेका पर्यटकहरूका लागि नेपाल पर्यटन बोर्डले आकस्मिक सहायता नम्बरहरू समेत सार्वजनिक गरेको छ। जस अनुसार टोल-फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ मा सम्पर्क गरी सहायता लिन सकिनेछ।

comments powered by Disqus

यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।