Ipo.aspx merolagani - मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रतिफल घोषणा, बुकक्लोज कहिले?

मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रतिफल घोषणा, बुकक्लोज कहिले?

Aug 31, 2026 10:24 AM Merolagani

मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ (MNMF1) का इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

क्यापिटलले इकाईधनीहरुलाई कर सहित २.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus