Ipo.aspx merolagani - बाढी प्रभावित सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्न र शेयर कारोबारमा कडा निगरानी राख्न नेप्सेलाई सेबोनको निर्देशन

बाढी प्रभावित सूचीकृत कम्पनीहरूको विवरण सार्वजनिक गर्न र शेयर कारोबारमा कडा निगरानी राख्न नेप्सेलाई सेबोनको निर्देशन

Sep 01, 2026 10:28 AM Merolagani

देशका विभिन्न हिमाली तथा नदी तटीय क्षेत्र (विशेष गरी त्रिशूली र भोटेकोशी नदी प्रणाली) मा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजना र पूर्वाधारहरूमा क्षति पुगेपछि धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई कडा निर्देशन जारी गरेको छ

 

धितोपत्र सम्बन्धी ऐनको दफा ८४ (१) अनुसार जारी निर्देशमा लगानीकर्ताको हित संरक्षण र बजार पारदर्शिता कायम राख्न नेप्सेलाई ५ बुँदे कार्यदेश दिइएको छ:

प्रभावित कम्पनीहरूको सूची र विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने:

विपद्‌बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित सूचीकृत कम्पनीहरूको तत्काल सूची तयार गरी नेप्सेले बोर्डलाई जानकारी गराउनुपर्नेछ। साथै कम्पनीहरूसँग समन्वय गरी निम्न विवरण सर्वसाधारण र लगानीकर्ताका लागि सार्वजनिक गराउन निर्देशन दिइएको छ:

  • आयोजनाको नाम, स्थान, भौतिक क्षति तथा विद्युत् उत्पादनको वर्तमान अवस्था

  • उत्पादन क्षमतामा परेको असर र मानव संशाधनमा भएको क्षति

  • प्रसारण/वितरण पूर्वाधारको अवस्था, बीमा दाबीको स्थिति र प्रारम्भिक वित्तीय प्रभाव

  • आयोजना पुनः सञ्चालन हुन सक्ने अनुमानित समय र बैंकिङ ऋण भुक्तानी क्षमतामा पर्ने असर

  • क्षतिपश्चात् कम्पनी व्यवस्थापनले लिएको तात्कालिक कदम

शेयर कारोबारमा विशेष निगरानी र अनुगमन:

विपद्‌को फाइदा उठाउँदै हुन सक्ने अस्वाभाविक गतिविधिलाई रोक्न नेप्सेले प्रभावित कम्पनीहरूको शेयर कारोबारमा कडा निगरानी राख्नुपर्नेछ। जसमा:

  • अस्वाभाविक मूल्य परिवर्तन र असामान्य कारोबार परिमाण

  • शङ्कास्पद वा अस्वाभाविक खरिद/बिक्री आदेश

  • संवेदनशील सूचना सार्वजनिक हुनुअघि हुने भित्री (इनसाइडर) कारोबार तथा बजारको निष्पक्षतामा असर पार्ने अन्य गतिविधि

नयाँ कार्यविधि निर्माण र नियमित प्रतिवेदन:

भविष्यमा आउने यस्ता प्राकृतिक विपद्, आगलागी वा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीहरूमा पर्ने असरलाई ध्यानमा राखी सूचना प्रवाह, कारोबार रोक्का तथा पुनः सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि तयार गर्न नेप्सेलाई निर्देशन दिइएको छ। यस सम्बन्धमा भएका प्रगति र बजारको अनुगमन प्रतिवेदन नियमित रूपमा बोर्डमा पेस गर्नुपर्नेछ

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।