Ipo.aspx merolagani - उत्सवका कार्यक्रम रद्द गरी उक्त रकम राहत कार्यमा लगाइने

उत्सवका कार्यक्रम रद्द गरी उक्त रकम राहत कार्यमा लगाइने

Sep 02, 2026 11:45 AM Merolagani


सरकारले यस वर्षको निजामती सेवा दिवसका लागि विनियोजन गरिएको सम्पूर्ण बजेट बाढी पीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

गत भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र रसुवागढीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले उत्सवका कार्यक्रम रद्द गरी उक्त रकम राहत कार्यमा लगाउने निर्णय गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मुख्य सचिवको अध्यक्षतामा बसेको निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले भदौ २२ गतेका लागि तय गरिएका सम्पूर्ण औपचारिक कार्यक्रमहरू रद्द गरेको छ। देश शोकको अवस्थामा रहेको र सबै राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू उद्धार एवं विपद व्यवस्थापनमा खटिनुपर्ने भएकाले दिवस नमनाउने निर्णय गरिएको हो।

निजामती सेवा दिवस मनाउनका लागि छुट्याइएको बजेटभूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अब अर्थ मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने भएको हो ।

comments powered by Disqus