Ipo.aspx merolagani - भोटेकोशी बाढी प्रभावितका लागि नेप्सेको एक करोड ११ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि नेप्सेको एक करोड ११ लाख सहयोग

Sep 01, 2026 03:42 PM Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्सेले सो रकमको चेक आज एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

यही २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा अकल्पनीय रूपमा ठुलो जनधनको क्षति भएको थियो। प्राकृतिक विपत्तिको यस घडीमा प्रभावित नागरिकहरूको घाउमा मलम लगाउन र सरकारी उद्धार कार्यमा सघाउ पुर्याउन नेप्सेले एक करोड एघार लाख एघार हजार १११ रुपैयाँसहयोग उपलब्ध गराएको हो।

रकम बाढी प्रभावित क्षेत्रका नागरिकको तत्कालको राहत, औषधोपचार र पुनर्स्थापनाका लागि पारदर्शी ढंगले खर्च गरिने अर्थमन्त्रीले प्रतिबद्धता गरे।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।