Ipo.aspx merolagani - बाढी प्रभावित क्षेत्रका लघुवित्तलाई शाखा स्थानान्तरणमा राष्ट्र बैंकको सहजीकरण

बाढी प्रभावित क्षेत्रका लघुवित्तलाई शाखा स्थानान्तरणमा राष्ट्र बैंकको सहजीकरण

Sep 02, 2026 11:21 AM Merolagani

नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण प्रभावित भएका लघुवित्त वित्तीय संस्थाहरूलाई आफ्ना शाखा कार्यालयहरू स्थानान्तरण वा समायोजन गर्न विशेष सहजता प्रदान गरेको छ।

बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले घ वर्गका इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन-परिमार्जन गर्दै नयाँ व्यवस्था थप गरेको हो।

राष्ट्र बैंकले एकीकृत निर्देशनको निर्देशन नं. १३-०८२ को बुँदा नं. ३ मा खण्ड (ख) थप गर्दै विपद प्रभावित क्षेत्रका लघुवित्तलाई पूर्वस्वीकृति बिना नै शाखा सार्न सक्ने सुविधा दिएको छ।

नयाँ व्यवस्था अनुसार, वि.सं. २०८३ भदौ महिनामा आएको प्राकृतिक विपदका कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा भौतिक क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त वित्तीय संस्थाहरूले सेवा सुचारु गर्ने प्रयोजनका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्ने छैन। संस्थाहरूले आफ्नै निर्णयमा प्रभावित शाखालाई स्थानान्तरण गर्न वा नजिकैको अर्को शाखामा समायोजन गर्न सक्नेछन्।

यसरी बिना पूर्वस्वीकृति शाखा स्थानान्तरण वा समायोजन गरेपछि त्यसको जानकारी भने अनिवार्य रूपमा राष्ट्र बैंकलाई दिनुपर्नेछ। संशोधित व्यवस्थामा भनिएको छ र यसरी शाखा स्थानान्तरण वा समायोजन भएको ७ दिनभित्र यस बैंकलाई जानकारी दिनुपर्नेछ।

यसअघि यस्तो व्यवस्था नभएका कारण प्राकृतिक विपदको समयमा पनि शाखा सार्न राष्ट्र बैंकको प्रक्रिया पर्खनुपर्ने अवस्था थियो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ को अधिकार प्रयोग गरी जारी गरिएको यो निर्देशनले विपदको समयमा वित्तीय सेवालाई निरन्तरता दिन सहज हुने छ।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।