Ipo.aspx merolagani - एक सातामा ११ हजार १०० रुपैयाँले घट्यो सुन

एक सातामा ११ हजार १०० रुपैयाँले घट्यो सुन

Sep 05, 2026 06:12 AM Merolagani

नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। भदौ १२ गते शुक्रबारदेखि भदौ १९ गते शुक्रबारसम्म सुनको मूल्य प्रतितोला ११ हजार १०० रुपैयाँले घटेको छ। यद्यपि, साताको बीचमा लगातार घटेको सुनको मूल्य अन्तिम दुई दिन भने पुनः उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ १२ गते शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछि भदौ १४ गते आइतबार एकैदिन ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा झर्‍यो।

 

भदौ १५ गते सोमबार सुन थप २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा आइपुग्यो। भदौ १६ गते मंगलबार पनि ५०० रुपैयाँले घट्दै ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भयो।

भदौ १७ गते बुधबार सुनको मूल्यमा साताकै ठूलो गिरावट देखियो। यस दिन सुन ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा झर्‍यो। यससँगै सुन फेरि प्रतितोला ३ लाख रुपैयाँभन्दा तल पुगेको थियो।

तर त्यसपछि भने बजारमा सुधार देखियो। भदौ १८ गते बिहीबार सुन ७ हजार ६०० रुपैयाँले बढेर ३ लाख ४ हजार ९०० रुपैयाँमा पुग्यो। साताको अन्तिम कारोबार दिन भदौ १९ गते शुक्रबार पनि सुन २ हजार ५०० रुपैयाँले बढेर ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

यसरी हेर्दा भदौ १२ गतेको तुलनामा भदौ १९ गतेसम्म सुन प्रतितोला ११ हजार १०० रुपैयाँले सस्तो भएको छ।

यता, चाँदीको मूल्य पनि साताभर उतारचढावपूर्ण रह्यो। भदौ १२ गतेको तुलनामा भदौ १९ गते चाँदी प्रतितोला २०० रुपैयाँले घटेको छ।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।