Ipo.aspx merolagani - नागढुंगा-मुग्लिन सडक आजै सञ्चालनमा ल्याउने तयारी, कृष्णभीरको भित्तो काट्ने काम अन्तिम चरणमा

नागढुंगा-मुग्लिन सडक आजै सञ्चालनमा ल्याउने तयारी, कृष्णभीरको भित्तो काट्ने काम अन्तिम चरणमा

Sep 05, 2026 04:14 PM Merolagani

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण व्यवसायीले, नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरुको रोहवरमा सडक खन्ने काम सुरु गरेका थिए। निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेको बताए।

मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिवारबाट खोल्ने तयारी रहेको बताए । ट्रयाक छिटो सकेर शनिवारसम्म साँझसम्म नागढुंगा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्ने उनले बताए । ''कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ । मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेका छौँ । अब ५० मिटर जति मात्रै बाँकी छ । रातिको समयमा पनि प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारीहरु खटिनुभएको छ । आफ्नो ज्यानको बाजी लगाउनुभएको छ । व्यवस्थित रुपमा नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्न चाहन्छौँ ,'' उनले भने ।

गत भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको थियो। जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरु आयात गर्न पनि असहज भएको छ ।

comments powered by Disqus