Ipo.aspx merolagani - सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

Sep 11, 2026 11:24 AM Merolagani

भदौ, २६ गते, शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ। यसदिन सुन प्रतितोला चार हजार ८०० रुपैयाँ र चाँदी तोलामा २५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ खरिदबिक्री भएको छ। बिहीबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै,आजको बजारमा चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus