Ipo.aspx merolagani - रिलायन्स स्पिनिङ्ग मिल्सको नगद लाभांश घोषणा, साधारण सभा कहिले?

रिलायन्स स्पिनिङ्ग मिल्सको नगद लाभांश घोषणा, साधारण सभा कहिले?

Sep 15, 2026 09:44 AM Merolagani

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड (RSML) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते, बिहीबार, अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।