Ipo.aspx merolagani - चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला

Sep 16, 2026 04:26 PM Merolagani

रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ।

नेपाली सेनाका अनुसार बुधबार गोताखोरसहितको उद्धार टोलीले सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीन जनाको शव फेला पारेको हो। फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिएको छ भने एक शव निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ।

सेनाले सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण आयोजनाको सुरुङभित्र केही व्यक्ति फसेका थिए। उनीहरूको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी उद्धार टोली परिचालन गरिएको थियो।

उद्धार टोली सुरुङसम्म पुग्न चट्टान फोरेर करिब १ हजार ५० मिटर नयाँ बाटो निर्माण गरिएको थियो।

comments powered by Disqus

पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।