Ipo.aspx merolagani - आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

आरबिबि म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

Sep 18, 2026 09:56 AM Merolagani

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ (RMF1) र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

असोज १ गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ (RMF2) का इकाईधनीहरुलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ यी दुई फण्डहरुले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।