Ipo.aspx merolagani - आकाश भैरव सेक्युरिटज लिमिटेडकाे चाैथाे साधारण सभा सम्पन्न

आकाश भैरव सेक्युरिटज लिमिटेडकाे चाैथाे साधारण सभा सम्पन्न

Sep 19, 2026 04:59 PM Merolagani

आकाश भैरव सेक्युरिटज लिमिटेड ( broker no 81 ) काे चाैथाे साधारण सभा ललितपुरकाे भिभान्ता हाेटलमा  सम्पन्न भएकाे छ।

कम्पनीकाे साधारण सभाले  अार्थिक बर्ष २०८२/८३ काे मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेकाे छ । गत बर्ष पनि कम्पनीले १५ प्रतिशत नै लाभाँश बितरण गरेकाे थियाे ।

कम्पनीका प्रवन्ध सन्चालक सीए महेश खनालले साधारण सभाले आफ्ना ग्राहकहरुकाे लागि मार्जिन ल्याण्डिङ कर्जा प्रवाह गर्ने निर्णय गरेकाे जानकारी दिए ।

साे अवसरमा कम्पनीका अध्यक्ष मन बहादुर राईले कम्पनीले व्यापार बिस्तारका लागि थप रणनीतिक याेजनाहरु ल्याउने जानकारी गराए ।

ललितपुरकाे भनिमण्डलमा कार्यालय रहेकाे आकाश भैरव सेक्युरिटजले छाेटाे समयमै   नयाँ ब्राेकर कम्पनीहरुबाट राम्राे व्यापार गरिरहेकाे छ।

 

comments powered by Disqus

पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।