Ipo.aspx merolagani - समस्याग्रस्त सहकारीका सवारीसाधन समितिमा बुझाउनु पर्ने

समस्याग्रस्त सहकारीका सवारीसाधन समितिमा बुझाउनु पर्ने

Oct 01, 2026 04:59 PM Merolagani


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका संस्थाका नाममा दर्ता भएका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन सूचना जारी गरेको छ।

समितिले सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार समस्याग्रस्त घोषणा भएका संघसंस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी जिम्मेवारी पाएको छ। सोही जिम्मेवारी अन्तर्गत सम्बन्धित सहकारी तथा संस्थाका नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन जहाँ जुन अवस्थामा छन्। त्यही अवस्थामा समितिको कार्यालयमा बुझाउन भनिएको हो।

समितिले सूचना पालना नगरे सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। सवारीसाधन प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति तथा संस्थाको घरजग्गा, बैंक खाता, लकर र राहदानीसमेत रोक्का राखी प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने समितिले जनाएको छ।

समितिले सवारीसाधन बुझाउनुपर्ने सहकारीको सूचीसमेत सार्वजनिक गरेको छ। सूचीमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कृषि विकास बहुउद्देश्यीय सहकारी, प्यालिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, सोसाइटल बचत तथा ऋण सहकारी, श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, प्रभु बचत तथा ऋण सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, लुःनिभा बहुउद्देश्यीय सहकारी, गोरखा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, ओरेन्टल को–अपरेटिभ र नेपाल सहकारी वित्तीय संस्था छन्।

comments powered by Disqus

आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।