Ipo.aspx merolagani - पुनर्बीमा कम्पनीको २८८ करोड बीमाशुल्क, कमिशनमा बाहिरियो झण्डै अर्ब

पुनर्बीमा कम्पनीको २८८ करोड बीमाशुल्क, कमिशनमा बाहिरियो झण्डै अर्ब

Sep 25, 2018 Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRICL) ले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा जीवन तथा निर्जीवन व्यवसायबाट दुई अर्ब ८८ करोड एक लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो बर्ष कम्पनीले दुई अर्ब ८५ करोड १८ लाख २० हजार खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुनर्बीमा कम्पनीले निर्जीवन व्यवसायबाट दुई अर्ब ५३ करोड ४४ लाख ५४ हजार र जीवन बीमा व्यवसायबाट ३४ करोड ५६ लाख ७२ हजार बीमा शुल्क आर्जन गरेको हो । खुद बीमाशुल्कको ८८ प्रतिशत निर्जीवन बीमा र १२ प्रतिशत रकम मात्र जीवन व्यवसायबाट आर्जन गरेको देखिन्छ ।

यस अवधिमा कम्पनीको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले जीवन बीमा व्यवसायबाट ११८.०५ प्रतिशत तथा निर्जीवन बीमाको व्यवसायबाट ५७.७१ प्रतिशतले खुद नाफा बढाएको छ ।

गत आवमा कम्पनीले ९६ करोड ६४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसमध्ये ७८ करोड ६६ लाख ४२ हजार निर्जीवन बीमा व्यवसायबाट र १७ करोड ९७ लाख ६८ हजार जीवन बीमाको व्यवसायबाट खुद नाफा आर्जन गरेको हो । खुद नाफामा निर्जीवन बीमा व्यवसायकाे हिस्सा ८१.३९८ प्रतिशत र जीवन बीमाको व्यवसायकाे हिस्सा १८.६०२ प्रतिशतकाे याेगदान रहेकाे छ।

कम्पनीले गत बर्षमा गरेको खुद नाफा अघिल्लो बर्षको तुलनामा ६६.२६ प्रतिशत अर्थात ३८ करोड ५१ लाख ६७ हजारले बढी हो । अघिल्लो बर्ष कम्पनीले निर्जीवन र जीवन बीमा दुबैबाट गरि कूल ५८ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सात अर्ब १७ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको निर्जीवन व्यवसायमा एक अर्ब ८९ करोड ५१ लाख ५० हजार रुपैयाँ र जीवन व्यवसायबाट २८ करोड २७ लाख ८७ हजार गरि कूल दुई अर्ब १७ करोड ७९ लाख ३७ हजार रुपैयाँ बराबरको रकम जगेडा कोषमा पुगेको छ । अघिल्लो बर्ष एक अर्ब १७ करोड ७२ लाख ८६ हजारको जगेडा कोष थियो ।

यस्तै कम्पनीको निर्जीवन व्यवसाय बीमा कोषमा ६८ करोड ३८ लाख ५१ हजार रुपैयाँ राखेको छ । जीवन व्यवसाय बीमा कोष भने कम्पनीले उल्लेख गरेको छैन ।

त्यस्तै पुनर्बीमा कम्पनीले पुनर्बीमा कमिशन शुल्क वापत निर्जीवन बीमा व्यवसायबाट २१ करोड ८० लाख ८९ हजार रुपैयाँ संकलन गरेको छ । कम्पनीले  विदेशी दलाल कम्पनीलाई निर्जीवन बीमा व्यवसाय वापत ९६ करोड ४१ लाख १८ हजार र जीवन बीमा व्यवसायको पुनर्बीमा कमिसन वापत एक करोड ९१ लाख ७० हजार गरि कूल ९८ करोड ३२ लाख ८८ हजार रुपैयाँ विदेशी दलाल कम्पनीलाई भुक्तानी गरेको छ ।

यसै अवधिमा कम्पनीले ९६ करोड ३१ लाख एक हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले निर्जीवन व्यवसायका लागि ८७ करोड ५७ लाख ८३ हजार रुपैयाँ तथा जीवन व्यवसायका लागि ८ करोड ७३ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

पुनर्बीमा कम्पनीले निर्जीवन बीमा वापत ९८ करोड १३ लाख ६९ हजार भुक्तानी गर्न बाँकी रहेको छ भने जीवन बीमाको कुनै भुक्तानी बाँकी छैन ।

comments powered by Disqus

हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।