Ipo.aspx merolagani - भीओआईपी कल बाईपासमा संलग्न दुई भारतीय पक्राउ

भीओआईपी कल बाईपासमा संलग्न दुई भारतीय पक्राउ

Jan 23, 2019 Merolagani

काठमाडौंको सामाखुसीबाट अवैध भीओआईपी कल बाईपासमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सामाखुसी सरकारी धारा चोकमा कोठा भाडामा लिएर अवैध कल बाइपासमा संलग्न सुनिल कुमार र राम करण जाटलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना राजस्थान भारतका नागरिक हुन् । उनीहरुको साथबाट ठूलो परिमाणमा कलबाईपासमा प्रयोग हुने उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई दूरसंचार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान भैरहेको सीआइबीले जनाएको छ ।

सीआईबीले स्थापनाकाल देखि हालसम्म १०७ स्थानहरुमा भएको कल बाईपास बिरुद्धको कारवाहीमा १३० नेपाली र विदेशी ३६ गरी १६६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरु बिरुद्ध ११ अर्ब ९१ करोड १ लाख १६ हजार रुपैयाँ भन्दा धेरै विगो माग गरि अदालतमा मुद्धा दायर गरेको ब्यूरोले जनाएको छ ।

comments powered by Disqus

नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।