Ipo.aspx merolagani - ब्रोकर मार्फत मार्जिन कारोबार गराउन निर्देशन, ब्याजदरको अनुगमन बोर्डले गर्ने

ब्रोकर मार्फत मार्जिन कारोबार गराउन निर्देशन, ब्याजदरको अनुगमन बोर्डले गर्ने

Feb 01, 2019 Merolagani

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलालले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धमा केहि नीतिगत व्यवस्था गरेको छ । साथै बोर्डले मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन समेत दिएको छ ।

नेप्सेले गत वैशाखमा “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” तर्जुमा गरेको थियो । सोहि कार्यविधि कार्यन्वयनमा ल्याउन बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।

साथै बोर्डले अर्थ मन्त्रालयबाट पूँजी बजारसँग सम्बन्धित सुझावहरु कार्यान्वयनका लागि बोर्डमा प्राप्त भएको सुझावहरु कार्यान्वयन गर्दै जाने क्रममा धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धमा अन्य व्यवस्था समेत थप गरेको छ ।

बोर्डले गरेको थप व्यवस्था अनुसार धितोपत्र दलालले मार्जिन कारोवार सुविधा अन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भए बमोजिम हुने व्यवस्था गरेको छ ।

धितोपत्र दलालले मार्जिन कारोवार सुविधा उपलब्ध गराए वापत ग्राहकसँग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउनु पर्नेछ भने यो सुविधा लागू गर्नुअघि यस सम्बन्धमा लगानीकर्ताहरुलाई पर्याप्त जानकारी दिन नेप्सेले सचेतनामूलक कार्यक्रम संचालन गर्ने साथै धितोपत्र दलाल व्यवसायीमार्फत समेत सचेतनामूलक कार्यक्रम संचालन गर्ने गराउने व्यवस्था मिलाउन  निर्देशन दिएको छ ।

साथै मार्जिन कारोवार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन मार्जिन कारोवारको सुपरीवेक्षण व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन अति आवश्यक रहेकोले धितोपत्र बजारको अग्रपंक्तिको नियमन निकायको रुपमा रहेको नेप्सेले मार्जिन कारोवारको नियमित र सघन रुपमा सुपरीवेक्षण/अनुगमन गर्ने बोर्डले जनाएको छ ।

मार्जिन कारोवार सुविधा अभ्यासमा आएपश्चात मार्जिन कारोवारको लागि धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको व्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप (इन्र्टभेन्सन) तथा नियमन/सुपरिवेक्षण गर्ने समेत व्यवस्था गरेकोे छ ।

धितोपत्र वजारमा मार्जिन कारोवार सुविधा उपलव्ध भए पश्चात धितोपत्र व्यवसायको कार्य दायरा (स्कोप अफ वर्क) विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँ (वन स्पट) वाट कारोवार सम्वन्धी सेवा प्राप्त हुने तथा दोस्रो वजार कारोवारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र वजारको विकास÷विस्तार हुने वोर्डको अपेक्षा छ

 

comments powered by Disqus

मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।