Ipo.aspx merolagani - नेपाल पुर्नबीमा कम्पनीको डेढ अर्बको आईपीओ निष्काशन अन्तिम चरणमा

नेपाल पुर्नबीमा कम्पनीको डेढ अर्बको आईपीओ निष्काशन अन्तिम चरणमा

Nov 08, 2019 01:51 PM Merolagani

नेपाल पुर्नबीमा कम्पनीले  डेढ अर्बको आईपीओ निष्काशन प्रकृया अन्तिम चरणमा पुगेको जनाएको छ। बिहीबार कम्पनीको छैटौं वार्षिक उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष महेश कुमार गुरागाईले  आईपीओ निष्काशन प्रकृया अन्तिम अवस्था रहेको बताए ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरिसकेको छ। बोर्डबाट अनुमति पाउने वितिकै कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्ने अध्यक्ष गुरागाईले जानकारी दिए।

कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।

अध्यक्ष गुरागाईले कम्पनी रजिष्ट्रार कार्यालयमा शेयर दाखिला सकाउन ३ वर्ष लागेको गुनासो गरे। उनले भने ‘म आफैँ पनि नियमन निकाय धितोपत्र बोर्डको सदस्य भए तर कम्पनी रजिष्ट्रार कार्यलयमा शेयर दाखिला सकाउन लामो समय लाग्यो।’ जसले गर्दा आईपीओ निष्काशनमा ढिलाई भएको उनको बुझाई छ। 

पुर्नबीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि  आईपीओ ग्रेड २’ रेटिङ्ग प्रदान गरिसकेको छ। इक्रा नेपालले प्रदान गरेका उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्थाको पक्ष औसत आधारभुत भन्दा माथि रहेको जनाउँछ।

सर्वसाधारणमा शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

comments powered by Disqus

हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।