Ipo.aspx merolagani - नेशनल माइक्रोफाइनान्सको नाफा घट्यो, ईपीएस कति?

नेशनल माइक्रोफाइनान्सको नाफा घट्यो, ईपीएस कति?

May 12, 2023 05:31 AM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.६५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.८९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.८९ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.०५ प्रतिशत र सञ्चालन मुनाफा ३९.६५ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपयाँ ८४ पैसा घटेर ४६ रुपैयाँ २० पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात २७.५८ गुणा रहेको छ।

५८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ९४ करोड १४ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ८२ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

सुनचाँदीको मूल्यमा भारि गिरावट, कति घट्यो?

Apr 14, 2024 10:44 AM

२०८१ सालको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।