Ipo.aspx merolagani - मुक्तिनाथ विकास बैंकको नाफामा झिनो सुधार, प्रतिशेयर आम्दानीमा गिरावट

मुक्तिनाथ विकास बैंकको नाफामा झिनो सुधार, प्रतिशेयर आम्दानीमा गिरावट

Aug 06, 2023 11:14 AM Merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले एक अर्ब ३६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफामा केही दबाब पुगेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.५७ प्रतिशत बढेको छ भने बैंकको सञ्चालन आम्दानी झिनो अर्थात २.२४ प्रतिशतले बढेको छ । सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड २२ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा घटेको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ६४ करोड ४० लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ ।

बैंकको नाफामा संकुचन आए सँगै बैकको प्रतिशेयर आम्दानीमा गिरावट भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७२ पैसाबाट घटेर २१ रुपैयाँ २४ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ छ ।

६ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा दुई अर्ब ३७ करोड ३७ लाख लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ११.२५ प्रतिशत बढेको छ भने कर्जा लगानी ९.१५ प्रतिशत बढेको छ ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।