Ipo.aspx merolagani - नेशनल लघुवित्तको नाफामा दबाब, प्रतिशेयर आम्दानीमा भारी गिरावट

नेशनल लघुवित्तको नाफामा दबाब, प्रतिशेयर आम्दानीमा भारी गिरावट

Aug 15, 2023 12:23 PM Merolagani

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड(NMFBS)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक भएको विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षमा लघुवित्तले २१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.३६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३६ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा संकुचन आउदा लघुवित्तको खुद नाफा दबाब पुगेको हो ।

यस अवधिमा लघुवित्तको सञ्चालन आम्दानी ४०.३४ प्रतिशतले घटेर ३० करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.६० प्रतिशतले घटेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

एक अर्ब ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ९६ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । असार मसान्तसम्ममा लघुवित्तले चार अर्ब ५२ करोड ३९ लाख निक्षेप संकलन गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्था मार्फत सापटी गरेर १६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात बढेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.५३ प्रतिशत पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा भारी गिरावट भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४८ पैसाबाट घटेर १९ रुपैयाँ ८४ पैसा कायम भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ७२ पैसा रहेको छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।