Ipo.aspx merolagani - मन्त्रिपरिषद्को आजको बैठकले गर्यो यी महत्वपूर्ण पाँच निर्णय

मन्त्रिपरिषद्को आजको बैठकले गर्यो यी महत्वपूर्ण पाँच निर्णय

May 16, 2024 03:49 PM Merolagani

मन्त्रिपरिषद्को बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको हो ।

सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यान्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेकाे छ । पौडेल हाल मधेस प्रदेशको कायममुकायम सचिवका रूपमा कार्यरत छन् ।

यस्तै, बैठकले नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरिएको छ । खड्का यसअघि पनि सो समितिको अध्यक्ष थिइन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।