Ipo.aspx merolagani - लाइफ इन्स्योरेन्स कर्पोरेशनले बिना लाभांश बोलायो साधारणसभा

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बिना लाभांश बोलायो साधारणसभा

Nov 07, 2023 11:00 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN) ले बिना लाभांश साधारणसभा बोलाएको छ। कम्पनीले मंसिर १८ गते सवा ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा साधारणसभा बोलाएको हो।

सभामा वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव लैजाने भएको छ। कम्पनीले लाभांश सम्बन्धि कुनै प्रस्ताव नलैजाने भएको छ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्नेछ। मंसिर १० गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन्।

comments powered by Disqus