Ipo.aspx merolagani - लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

लाभांश प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्डले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

Nov 19, 2023 07:12 AM Merolagani

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउसो १ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus