गोप्य सिलबन्दी मार्फत आएका आवेदनहरूलाई सोमबार बिहान ८ बजे खोलिने छ। जसबाट निष्कासित सबै शेयर बिक्री हुने गरी कट अफ मूल्य निर्धारण गरिनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिनेछ। सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले शेयर प्राप्त गर्ने छन्।
कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिनेछ। सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले शेयर प्राप्त गर्ने छन्। कट अफ मूल्य भन्दा कम मूल्य लगाउनेलाई शेयर बाँडफाँट गरिने छैन।
कम्पनीको निष्कासनमा सिलबन्दी बोलपत्र पेस गर्ने आज मंसिर १० गते अन्तिम दिन थियो। जुन आइतबार कार्यालय समयपछि सकिएको छ। कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूका लागि शेयर निष्कासन गरेको थियो।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको हो। सोमध्ये ४० प्रतिशत हुन आउने २४ लाख कित्ता शेयरका लागि बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ तोकिएको थियो।