Ipo.aspx merolagani - प्रधानमन्त्री प्रचण्डले २२ वटै मन्त्रालयकाे जिम्मेवारी लिने, चार सदस्यीय मन्त्रीमण्डल बन्याे

प्रधानमन्त्री प्रचण्डले २२ वटै मन्त्रालयकाे जिम्मेवारी लिने, चार सदस्यीय मन्त्रीमण्डल बन्याे

Mar 04, 2024 08:13 PM Merolagani

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ वटा मन्त्रालयका जिम्मेवारी लिने भएका छन्  यस अघिका मन्त्रिपरिषद्का सबै मन्त्रीहरूको जिम्मेवारी खोसेपछि प्रचण्ड मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन् ।

 

यसैगरी, नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रीमण्डल बनेको छ । नवनियुक्त तीन मन्त्रीसहितकाे नयाँ मन्त्रिमण्डल बनेकाे हाे ।

राष्ट्रपति कार्यालयका अनुसार  सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकिएको छ भने नयाँ शपथ गराइएका मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजनको निर्णय गरेका थिए ।

comments powered by Disqus

महरा पक्राउपछि माओवादी नेता लेखनाथ न्यौपानेले उठाएको प्रश्न प्रचण्ड कसरी चोख्खै?

Mar 18, 2024 06:25 PM

पूर्वअर्थमन्त्री, सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परे । ३ वर्ष अघि सभामुख हुँदा जवर्जस्ती करणी अभियोगमा पक्राउ परेपछि उनी सभामुखबाट वर्खास्त भएका थिए ।