Ipo.aspx merolagani - स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सर्वोत्तम सिमेन्टको पहिलो कारोबार?

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सर्वोत्तम सिमेन्टको पहिलो कारोबार?

Mar 19, 2024 10:45 AM Merolagani

चैत ६ गते, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा सर्वोत्तम सिमेन्ट (SARBTM) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको हो।

 

कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने एसएआरबिटिएम कारोबार संकेत प्रदान गरेको थियो। सोही मूल्यका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

पेट्रोल र डिजेलको मूल्य घट्यो

Mar 15, 2024 09:01 PM

पेट्रेल र डिजेलका मूल्य घटेका छ। आयल निगमले शनिबारदेखि लागु हुनेगरी पेट्रोलको भाउ लिटरमा १ रुपैयाँ र डिजेलकाे भाउ लिटरमा २ रुपैयाँले घटाएको हो।