Ipo.aspx merolagani - काठमाडौँ महानगरपालिकाबाट कवाडी हटाउने निर्णय विरुद्धको रिट खारेज

काठमाडौँ महानगरपालिकाबाट कवाडी हटाउने निर्णय विरुद्धको रिट खारेज

Mar 15, 2024 08:56 PM Merolagani

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाबाट कवाडी हटाउने निर्णय विरुद्धको रिट खारेज गरेको छ । उक्त रिट शुक्रबार न्यायाधीशहरू तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरेको हो ।

कवाडीका कारण शहर अव्यवस्थित भएकाे भन्दै काठमाडौँ महानगरले महानगर भित्र रहेका कवाडी हटाउने निर्णय गरेको थियो । तर उक्त  निर्णय विरुद्ध फागुन १३ गते ओम शिवाय कवाडी इन्टरनेशनले प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेकाे थियाे ।

comments powered by Disqus

सर्वोत्तम सिमेन्टको शेयर दोस्रो बजारमा सूचीकृत

Mar 18, 2024 05:21 PM

बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई शेयर जारी गरेको सर्वोत्तम सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार सर्वोत्तम सिमेन्टको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।