रास्वपाले गृहमन्त्रालयलाई ‘बटमलाइन’ बनाएपछि त्यस्तो सहमती भएको हो । ओली गृहमन्त्रालाई रास्वपालाई दिन पहिलेदेखि तयार थिए । ओलीले अर्थमन्त्रालय भने आफ्नो पार्टीले पाउनु पर्ने अडानमा थिए । तर, प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्रालय आफ्नो पार्टीलाई दिन र त्यसको बदलामा अन्य पदहरुमा आफ्नो पार्टी लचिलो हुने बताएपछि ओलीले अर्थमन्त्रालयको अडान छोडेका हुन् । ओली र प्रचण्डपछि प्रधानमन्त्री दोस्रो वरियता रहने गरि विष्णु पौडेललाई उपप्रधान तथा रक्षामन्त्री बनाउन पनि सहमत भएको स्रोतको दावी छ । तर, वरियताक्रम तलमाथि भए पनि फरक नपर्ने तर आफूलाई अर्थमन्त्रालय नै चाहिने दावी गरिरहेका विष्णु पौडेलले भने अर्थमन्त्रालय नपाए मन्त्री नबने जानकारी शिर्ष नेताहरुलाई गराएका छन् । तर, प्रचण्ड र ओली भने पौडेललाई सहमत बनाउन सकिने विश्वासमा रहेको बताइएको छ । बर्तमान गठवन्धनका योजनाकार मानिएका पौडेललाई मन्त्री नबनाउँदा पछि समस्या पर्न सक्नेमा ओली र प्रचण्ड दुवै सहमत भएको बताइएको छ ।
कथंकदाचित पौडेलले अर्थमन्त्रालय वाहेक अरु मन्त्रालयको जिम्मेवारी नलिने अडान लिएमा एमाले पृथ्वीसुब्बा गुरुङ्ग वा छविलाल विश्वकर्माको नेतृत्वमा सरकारमा सहभागि हुनेछ । त्यस्तै रास्वपाले पाएको गृहमन्त्रालयमा रवि लामिछाने नै मन्त्री बन्ने निश्चित छ भने माओवादीले पाउने अर्थमन्त्रालयमा पूर्व अर्थमन्त्री वर्षमान पुन नै अर्थमन्त्री बन्ने लगभग निश्चित छ ।