Ipo.aspx merolagani - शेयर बजारमा मार्च ‘फिबर’, अफ सिजनले कारोबार सुस्ताउँदै, गत वर्षहरू झैँ यस पटक पनि बजार बढ्न बजेट नै पर्खिनु पर्ने हो ?

शेयर बजारमा मार्च ‘फिबर’, अफ सिजनले कारोबार सुस्ताउँदै, गत वर्षहरू झैँ यस पटक पनि बजार बढ्न बजेट नै पर्खिनु पर्ने हो ?

Mar 17, 2024 06:21 PM merolagani

सुवास निरौला

शेयर बजारमा मार्च ‘फिबर’ देखिन थालेको छ। चैत नलाग्दै घट्न थालेको कारोबार मापक सूचकले साताको पहिलो दिन आइतबार पनि निरन्तरता पायो। आइतबार नेप्से सूचक १०.६२ अंकले घटेर २०७०.२५ अंकमा झर्‍यो।

नेप्से सूचक आइतबार मात्रै घटेको होइन,  तीन कारोबार दिनदेखि सूचक घट्दो क्रममा छ। गत फागुन ३० गतेदेखि घट्न थालेको सूचक चैत लागे यता लगातार घट्दो क्रममा छ। चालु वर्ष मात्रै चैतमा सूचक घटेको होइन, गत वर्षहरूमा पनि सूचक चैतमा घट्ने गरेको कारोबार इतिहास छ। गत वर्ष सूचक फागुनदेखि नै घटेको थियो। फागुन लागेदेखि नै घटेको बजार चैत मसान्तसम्म घटेको थियो। आर्थिक वर्ष ७८/७९ मा समेत बजार चैतमा घटेको इतिहास छ। त्यस वर्ष शेयर बजार माघ बाटै ओरालो लागेको थियो। असार लगेपछि मात्रै बढ्न सुरु गरेको थियो।  

गत वर्षहरूका तथ्याङ्कले चैतमा शेयर बजार घट्ने गरेको इतिहास नै स्थापित गरेका छन्। जुन यस वर्ष पनि दोहोरिन सुरु भएको छ। तर यस पटक बजारले खासै फराकिलो अंकको गिरावट झेल्नु परेको छैन। तर इन्ट्रा डे कारोबारमा भने सूचकमा तीव्र उतार चढाव देखिन्छ। एकथरि लगानीकर्ता चैत कै प्रभावमा अहिले शेयर बजार देखिएको विश्लेषण गरिरहेका छन् भने केही इतिहास भत्किने तर्क गर्छन्। तर चैतका सुरुवाती दिनका कारोबारले इतिहास भत्काउने भन्दा पनि दोहोरिने बाटो देखिएको छ।

शेयर बजारले चैतको असर यस अघि फागुनै बाटै देखाउने कोसिस गरेको भएपनि एकाएक भएको सत्ता परिवर्तनले बजारलाई आफ्नो लय परिवर्तन गर्न बाध्य बनायो। नव नियुक्त अर्थमन्त्रीले चालेका कदमले केही दिन सकारात्मक देखिएको सूचक त्यसपछि भने टिकाउ हुन सकेन। खासगरि खरिद कर्ता भन्दा बिक्री कर्ता हाबी भएपछि बजार पुरानै लय पक्रिन थालेको छ। जसले लगानीकर्ताको मनोविज्ञानलाई थप टेवा दिँदै लगेको छ। किनकि लगानीकर्ता चैतमा सूचक घट्छ भन्ने मनोविज्ञानले ग्रसित छन्। त्यसमाथि चैत नलाग्दै बजारले उल्टो गति समाइदिएपछि त्यसमा थप बल पुगेको छ।

गत वर्षहरूमा शेयर बजार चैतमा घट्ने गरेको भएपनि वैशाख लागेपछि बढ्ने गरेको तथ्याङ्कले देखाउछ। गत वर्ष सूचक वैशाख लागेदेखि नै बढ्दो लयमा गएको थियो। जेठ १५ गते बजेट आउने गर्छ। त्यसलाई मध्यनजर गर्दै लगानीकर्ताले वैशाखदेखि नै शेयर खरिद गर्ने क्रम बढाएका थिए। जसले बजारलाई वैशाखदेखि नै माथि लैजान टेवा दिएको थियो। शेयर बजार एक्सपेक्टेसनमा बढी विश्वास गर्छ। कुनै कुरा हुँदै छ भन्ने मेसो सूचकले पहिले नै पाउने गर्छ। जसले गर्दा सूचकले बढेर प्रतिक्रिया दिन्छ। तर बजेटमा शेयर बजारका लागि खासै केही कुरा नल्याएपछि सूचक पुनः आफ्नै लयमा झर्न थाल्छ।

बजेटले लगानीकर्ताको चाहना पुरा नगर्दा बजेटपछि बजार घट्ने गर्छ। तर केही समय पछि नै पुनः मनोविज्ञान परिवर्तन हुन्छ। त्यसपछि बजारले मौद्रिक नीति प्रति अपेक्षा राख्न सुरु गर्छन्। जसले बजारलाई थप उचाइमा पुर्याउछ। तर बजारले मौद्रिक नीतिमा पनि अपेक्षा अनुसार केही नपाए, सूचक पुनः आफ्नै लयमा फर्किन्छ। तर मौद्रिक नीतिले शेयर बजारलाई राम्रोसँग सम्बोधन गरेमा भने सूचकले उचाइको नयाँ रेकर्ड कायम गर्छ। जुन अघिल्ला रेकर्डका समयमा भएका इन्सिडेन्टलाई केलाउँदा बजारले रेकर्ड कायमा गर्नुमा शेयर बजारप्रति लिइएका सकारात्मक सम्बोधन नै हुन् भन्ने प्रमाणित गर्छ। यस वर्ष पनि पुरानै इतिहास दोहोरिने हो भने शेयर बजारले वैशाखदेखि बढ्दो लय समाउने छ। किनकि जेठ १५ मा बजेट सार्वजनिक हुन्छ। त्यसका लागि पनि लगानीकर्ताले चैतदेखि नै शेयर खरिद बढाउने छन्। जसले सूचकलाई माथि लैजान सहयोग गर्ने छ।

comments powered by Disqus

महरा पक्राउपछि माओवादी नेता लेखनाथ न्यौपानेले उठाएको प्रश्न प्रचण्ड कसरी चोख्खै?

Mar 18, 2024 06:25 PM

पूर्वअर्थमन्त्री, सभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परे । ३ वर्ष अघि सभामुख हुँदा जवर्जस्ती करणी अभियोगमा पक्राउ परेपछि उनी सभामुखबाट वर्खास्त भएका थिए ।