Ipo.aspx merolagani - सूर्यज्याेति लाइफले लाभांशमा सबैलाई "टप्याे", सनले सूर्यलाई पछ्याउँदै, अरुले कति दिए लाभांश ?

सूर्यज्याेति लाइफले लाभांशमा सबैलाई "टप्याे", सनले सूर्यलाई पछ्याउँदै, अरुले कति दिए लाभांश ?

Apr 03, 2024 02:32 PM MeroLagani

सूर्यज्याेति लाइफ इन्स्याेरेन्सले लाभांशमा सबैलाई जितेकाे छ । सूर्यलाई सन नेपाल लाइफ इन्स्याेरेन्सले पछ्याएकाे छ । अरु इन्स्याेरेन्स कम्पनीले भने लाभांश लगानीकर्तालाई खासै खुशी पार्न सकेका छैनन् । केही इन्स्याेरेन्स कम्पनीले त लगानीकर्ताकाे हात खाली गराएर निराश तुल्याउने काम गरे ।

सूर्यज्याति लाइफ इन्स्याेरेन्सले ३५ प्रतिशत लाभा‌ंश घाेषणाा गरेसँगै जीवन बीमा कम्पनीमा लाभांश घाेषणा गर्न बाँकी कम्पनी ३ वटा मात्रै बाँकी रहेका छन्। अहिलेसम्म ५ वटा जीवन बीमा र ७ वटा निर्जीवन बीमा गरी १२ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुँजी बजारमा जीवन बीमातर्फ १२ वटा र निर्जीवन बीमातर्फ १२ वटा गरी २४ वटा बीमा कम्पनी छन् ।

जीवन बीमा कम्पनीतर्फ सूर्यज्याेति, सिटिजन, रिलायबल, एशियन र सन नेपाल लाइफ इन्स्योरेन्स गरी ५ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स गरी ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

त्यस्तै जीवन बीमातर्फ नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफ गरी चार वटाले लाभांश नदिने भएका छन । अझै जीवन बीमातर्फ नेसनल लाइफ, प्रभु महालक्ष्मी लाइफ र आईएमई लाइफ गरी ३ वटा बीमा कम्पनीले लाभांश घोषणा गर्न बाँकी छ ।

निर्जीवन बीमा कम्पनीतर्फ नेको इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिखर इन्स्योरेन्स गरी चार वटा निर्जीवन बीमा कम्पनीले आव २०७९/८० को नाफाबाट लगानीकर्तालाई कुनै लाभांश नदिने घोषणा गरिसकेका छन्। निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको मात्रै लाभांश घोषणा हुन बाँकी छ ।

बिमा कम्पनीहरुको एक्च्युरी भ्यालुएटर पर्याप्त मात्रामा नहुँदा विदेशमा जानुपर्ने बाध्यताका कारण हरेक वर्ष समयमा साधारण सभा हुन सकेको छैन ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि तोकिएको समयमा औंलामा गन्न सकिने कम्पनीले मात्रै साधारण सभा गरेका छन्। चालु वर्ष पुस मसान्तसम्ममा नेपाल इन्स्योरेन्सले मात्रै साधारण सभा सम्पन्न गरेको छ। चाैथाे त्रैमास अर्थात चैत महिना सकिन लागिसक्दा पनि अझै केही बीमा कम्पनीको साधारण सभा सम्पन्न हुन बाँकी छ ।

जीवन बीमा कम्पनी

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० दशमलब २६ प्रतिशत बोनस शेयर र २४ दशमलब ७४ प्रतिशत नगद लाभांश गरेर ३५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ । सुर्यज्योति लाइफको १०.२६ प्रतिशत बोनस शेयर बाँडेपछि नियामकले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

गत वर्षको नाफाबाट तुलनात्मक रुपमा नयाँ लाइफ इन्स्योरेन्स कम्पनीले छिटो लाभांश घोषणा गरेको देखिएको छ। पुराना जीवन बीमा कम्पनीमध्येबाट एसियन र हिमालयन लाइफ इन्स्यारेन्सले मात्रै साधारण सभा सम्पन्न गरेका छन् । तीन वटा जीवन बीमा कम्पनी एकिकृत भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले यसपटक लगानीकर्ताको हात खाली गरेको छ । पछिल्लो समय प्रिमियममा आइपीओ निष्काशन गरेको ४ वटा कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्सले मात्रै लाभांश घोषणा गर्न बाँकी छ भने सन नेपाल लाइफले हालै मात्र लाभांश घोषणा गरे पनि साधारण सभाको मिति सार्वजनिक गरेको छैन ।

रिलायवल नेपाल र सिटिजन्स लाभांश दिएका दुवै जीवन बीमा कम्पनीले चालु आवमा प्रिमियममा आईपीओ निष्काशन गरेका थिए। सार्वजनिक लेखा समितिको निर्देशनपछि बिमा प्राधिकरणले प्रिमियममा आईपीओ निष्काशन गर्ने कम्पनीलाई प्रिमियम रकम खर्च नगरिकन एउटा छुट्टै कोष बनाएर राख्न निर्देशन दिएको थियो। पछिल्लो समय बिमा कम्पनीले घोषणा गरेको लाभांश भनेको अहिलेसम्मको सञ्चित नाफाबाट दिएको हो। प्रिमियम रकमलाई लाइफ इन्स्योरेन्स कम्पनीहरुले चलाएका छैनन्।

रिलायबल नेपाल लाइफले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ। कम्पनीले साधारण गरिसकेकाे छ ।

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँमा सो लाभांश घोषणा गरेको हो। कम्पनीले साधारणसभा गरिसकेकाे छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आव २०७९/८० को लागि २३.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रिमियममा आइपीओ जारी गरेका लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये अहिलेसम्म दाेस्राे सबैभन्दा बढी लाभांश दिने कम्पनीको रुपमा समेत सन नेपाल लाइफ इन्स्योरेन्स रहन पुगेको छ ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सले ७.७५ प्रतिशत बोनस शेयर र ०.४०७८ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश गरी कुल ८.१५ प्रतिशत लाभांश घोषणा गरेका छन् । कम्पनीले फागुन १८ नै साधारण सभा गरिसकेकाे छ । साधारण सभामा विशेष प्रस्ताव स्वरुप बोनस शेयर दिएपछि कायम रहेको चुक्ता पुँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको निर्देशन बमोजिम कम्पनीले बोनस शेयरपछि तत्काल हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अहिले कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने बोनस शेयर पछि ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । ४२ प्रतिशत हकप्रद जारी गर्दा पनि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ जुन ५ अर्ब चुक्ता पुँजी पुयाउन १७ करोड रुपैयाँ भन्दा बढी अपुग देखिएको छ । कम्पनीले पछिल्लो समय आक्रामक रुपमा शेयर बजारमा लगानी गर्दै आएको छ । नेपाल पुनर्विमा कम्पनीको संस्थापक शेयर र अप्पर तामाकोशीको लिलामी शेयरको ठूलो हिस्सा एसियन लाइफले नै हात पारेको थियो ।

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमातर्फ अहिलेसम्म नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमाल एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् । 

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश साधारण सभाले पारित समेत गरिसकेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९‍.७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छ।

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेको छ।

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश गरी ५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय साधारण सभाले पारित गरिसकेको छ ।

त्यस्तै युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.८० प्रतिशत लाभांश दिने भएको हो। कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश प्रस्ताव साधारण सभाले पारित गरिसकेकाे छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएकाे छ ।

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश प्रतिशत लाभांश दिएकाे छ ।

एलआईसी नेपाल, सानिमा रिलायन्स इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सले लगानीकर्ताको हात खाली बनाएका छन् । 

comments powered by Disqus

रोकिएको आईपीओ आउने साता स्वीकृत हुँदै, सबैभन्दा पहिले कसले पाउँछ ?

Mar 29, 2024 05:37 AM

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले रोकिएका आईपीओ निष्काशन अनुमति आउने साताबाट स्वीकृत गर्ने भएको छ।