Ipo.aspx merolagani - बर्थडे केक खाँदा १० वर्षीय बालिकाकाे मृत्यु

बर्थडे केक खाँदा १० वर्षीय बालिकाकाे मृत्यु

Mar 31, 2024 05:49 PM Merolagani

भारतमा बर्थडेकाे केक खाँदा एक बालिकाकाे मृत्यु भएकाे छ । पञ्जाबको पटियालामा १० वर्षीया बालिकाकाे जन्मदिनमा काटेकाे केकले नै ज्यान गएकाे छ । जन्मदिनकाे केक अनलाइन मार्फत अर्डर गरिएको थियाे । 

केक खाएका परिवारका अन्य चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ । १० वर्षीय मानवीको जन्मदिन मार्च २४मा थियाे । आफ्नो जन्मदिनमा बेलुकी ६ बजे एक कम्पनीबाट अनलाइन केक अर्डर गरिएकाे थियाे। केक बेलुकी साढे ६ बजे घरमै पुर्याइएको थियो । त्यसपछि ७ बजेर १५ मिनेटमा केक काटिएको थियो । उक्त चकलेट केक ‘केक कान्हा’ बाट अर्डर गरिएको थियो। 

मृत्यु हुनुभन्दा केही घण्टाअघि सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा मृतक बालिकाले केक काटेर परिवारसँग उत्सव मनाउँदै गरेको देखिएकाे थियाे । केक खाएसँगै मानवि र उनका परिवारका सदस्यको स्वास्थ्य बिग्रन थाल्यो । राति १० बजेसम्म सबै परिवार बिरामी परे । त्यसलगत्तै दुवै दिदीबहिनीलाई बान्ता हुन थाल्यो । मानवीले अत्यधिक तिर्खा र मुख सुख्खा भएको गुनासो गर्दै पानी मागेकी थिइन् । त्यसपछि उनी सुत्न गइन् ।

बिहान उठ्दा बालिकाकाे मृत्यु भइसकेकाे थियाे । उनको शव चिसो अवस्थामा रहेको थियाे । उनलाई साे अवस्थामा देखेपछि तुरून्त अस्पताल पुर्याइएकाे थियाे । त्यसपछि चिकित्सकले मानवीलाई मृत घोषणा गरेका थिए ।

केक खाँदा बालिकाको मृत्यु

यतिबेला परिवारको उजुरीमा प्रहरीले केक पसलका मालिकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । बेकरी पसल मालिक विरुद्ध आईपीसीको धारा २७३ र ३०४ एअन्तर्गत मुद्दा दर्ता गरिएको छ। यस विषयमा पञ्जाबका प्रहरी अधिकारीलाई २५ मार्चमा प्रहरीलाई परिवारले उजुरी दिएको थियाे ।

प्रहरीका अनुसार केक खाँदा बालिकाको मृत्यु भएको उजुरी गरिएकाे हाे । केकमा कुनै विषाक्त पदार्थ हुन सक्ने अनुमान गरिएकाे छ। बालिकाको पोस्टमार्टम भई केकको टुक्रा नियन्त्रणमा लिएर अनुसन्धानका लागि एफएसएल पठाइएको छ । सोही आधारमा थप कारबाही गरिने भएकाे छ । बालिकाको परिवारले मुख्यमन्त्री मानसँग न्यायको अपिल गरेका छन् । 

एजेन्सीकाे सहयाेगमा ।

comments powered by Disqus

रोकिएको आईपीओ आउने साता स्वीकृत हुँदै, सबैभन्दा पहिले कसले पाउँछ ?

Mar 29, 2024 05:37 AM

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले रोकिएका आईपीओ निष्काशन अनुमति आउने साताबाट स्वीकृत गर्ने भएको छ।