Ipo.aspx merolagani - लाभांश प्रस्ताव सहित सिईडिबि हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्ताव सहित सिईडिबि हाइड्रोपावरले बोलायो साधारण सभा

Apr 23, 2024 07:43 AM Merolagani

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साधारण सभा बोलाएको छ।

कम्पनीले बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले दुई आर्थिक वर्षको लागि हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, समाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।