Ipo.aspx merolagani - आम्दानीसँगै बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

आम्दानीसँगै बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

May 07, 2024 06:52 AM Merolagani

सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी र अन्य आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च भने ४.७६ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ पैसा बढेर ३ रुपैयाँ ४६ पैसा पुगेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

comments powered by Disqus

बजेटलाई टार्गेट गर्दै शेयर किन्न सुरु, घटेको मौका छोप्दै लगानीकर्ता

May 08, 2024 01:56 PM

सुवास निरौला

बजेटलाई टार्गेट गर्दै दोस्रो बजारमा शेयर किन्ने क्रम सुरु भएको छ। शेयर बजार घटेको मौका छोप्दै लगानीकर्ताले बजेटलाई टार्गेट गर्दै शेयर किन्न थालेका हुन्।