Ipo.aspx merolagani - पक्राउ पुर्जी जारी भएपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले भने,'एक इन्च पनि पछि हट्ने छैन'

पक्राउ पुर्जी जारी भएपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले भने,'एक इन्च पनि पछि हट्ने छैन'

May 21, 2024 03:38 PM Merolagani

पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजिएको बताएका छन् । नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि सिराेहियाले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस हर्कतले पटक्कै विचलित नहुने पनि उल्लेख गरेका छन् ।

उनले गृहमन्त्री रवि लामिछानेलाई इंकित गर्दै समाचार लेखेकै भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशाेध लिएर प्रहरी प्रशासनकाे शक्ति र जिममेवारी दुरूपयाेग गरेकाे आराेप लगाएका छन् ।

विज्ञप्तीमा लेखिएकाेछ,'सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताकाे पसिनाकाे कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारवाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमकाे जिम्मवारी हाे, कान्तिपुरकाे समाचार राेकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेरा विरूद्ध  प्रतिवाद आफै उजुरी गर्न लगाएर, साेधपुछ समेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएकाे हाे भन्नेमा शंका छैन ।'

'यी सबबीचमा पनि सहकारी ठगी लगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने बर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन,' विज्ञप्तीमा थप लेखिएकाे छ ।

comments powered by Disqus

प्रधानमन्त्रीको चेतावनीलाई लत्याउँदै गृहमन्त्री लामिछानेको आदेशमा कैलाश सिरोहिया पक्राउः लामिछाने भर्सेस कैलास सिरोहियाको लडाई वारपारको चरणमा

May 21, 2024 07:29 PM

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न लागेको सूचना पाए पछि प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो गृहमन्त्री रवि लामिछानेलाई आवेशमा आएर ‘त्यसो नगर्न’ चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीलाई समेत थाहा नदिई सिरोहियालाई पक्राउ गर्ने तयारी गरिरहेका लामिछानेको आदेशमा त्यस अगाडि नै प्रहरीले सिरोहियालाई पक्राउ गर्नको लागि अदालतबाट अनुमति लिइसकेको थियो ।