Ipo.aspx merolagani - एनएमबि लघुवित्तले बोलायो साधारण सभा

एनएमबि लघुवित्तले बोलायो साधारण सभा

Jun 14, 2024 06:30 AM Merolagani

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले असार २१ गते, शुक्रबार, होटल बाराही पोखरा प्रा.लि., पोखरा ६ स्ट्रिट नं. १३, कास्कीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले केन्द्रिय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारण तर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्

comments powered by Disqus

मोदी सरकारको नयाँ रेकर्ड, ८ हजार करोड सम्पत्तिका मालिक पेम्मासानी मन्त्री बने, दक्षिण एशियाकै सबैभन्दा धनी मन्त्री

Jun 09, 2024 10:18 PM

भारतमा मोदी सरकारको तेस्रो कार्यकाल शुरु भएको छ । आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीसहित ७२ मन्त्रीहरुले सपथ लिएका छन् । सन् २०१४ र २०१९ मा एकल वहुमत ल्याएको भातिय जनता पार्टीले यसपटक वहुमत गुमाएको छ तर एनडिए गठवन्धनको आधारमा भाजपाले आधा दर्जन सहयोगी दलहरुसँग मिलेर सरकार गठन गरेको हो ।