Ipo.aspx merolagani - लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा

लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोलायो साधारण सभा

Jun 05, 2024 09:24 AM Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) (LICN) ले असार १३ गते, बिहीबार, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ः४५ बजे शुरु हुनेछ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ३२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jun 02, 2024 11:19 AM


नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।