Ipo.aspx merolagani - आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन

आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन

Jul 16, 2024 06:36 AM Merolagani

साउन १ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आँखुखोला जलविद्युत कम्पनी (AKJCL) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य १४८ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, कम्पनीको शेयर प्रतिकित्ता २२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

comments powered by Disqus

शेयर बजारमा केही लाख लगाएर करोड कमाउने बेला

Jul 13, 2024 12:49 PM

तिलक कोइराला

शेयर बजार अति जोखिमको क्षेत्र हो, धेरैले गुमाउँछन् भन्दाभन्दै पनि कहिलेकाँही यति सुन्दर र आशलाग्दा दृश्यहरु देखिन्छन्, जसलाई अवसरको रुपमा लिएर सुझबुझपूर्ण लगानी गर्नेले जीवनमा कहिल्यै नकमाएको धन सम्पति कमाउँछ। शेयर बजारमा यस्ता अवसरहरु विरलै आउँछन्।