Ipo.aspx merolagani - एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

Aug 01, 2024 08:37 AM Merolagani

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड (NADDF) ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १७ गते बसेको फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन १७ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। यस अनुसार हिजो अर्थात साउन १६ गतेसम्म कायम रहेका इकाईधनीहरुले, फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ।

comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।