Ipo.aspx merolagani - सन नेपाल लाइफकाे नाफा घट्यो, प्रतिशेयर आम्दानीमा पनि गिरावट

सन नेपाल लाइफकाे नाफा घट्यो, प्रतिशेयर आम्दानीमा पनि गिरावट

Aug 11, 2024 10:35 AM Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्स (SNLI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित प्रिमियम १५.७८ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.२४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १०.५९ प्रतिशत र कुल खर्च १२.४७ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २० रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५१ पैसामा झरेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा रहेको छ।

३ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।